लमही, २३ माघ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले राप्ती प्राविधिक शिक्षालयका प्रमुखलाई एक कार्यक्रमको आयोजना गरी बुधवार विदाई तथा स्वागत गरेको छ । लमही आँखा अस्पतालमा शिक्षालयबाट सुरुवा भई जानलागेका प्रमुख राजेन्द्र प्रसाद चौधरीलाई विदाई तथा नवनियूक्त प्रमुख मोतिलाल चौधरीलाई स्वागत गरेको हो ।
चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
वक्ताहरुले जिल्लामै पहिलो पटक राप्ती प्राविधिक शिक्षालय र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको सहकार्यमा नेत्र सहायक कक्षा सञ्चालन गरि विद्यार्थीलाई नेत्रसहायकको पढाई दाङमै सञ्चालन गर्ने अवसर प्रदान गरेको बताएका थिए ।
नवनियूक्त प्रमुख मोतिलाल चौधरीले ५ नं. प्रदेशमा भविस्यमा १ हजार १ सय जना नेत्र सहायकहरु उत्पादन हुने दाबी गरे । हाल दाङमा नेपाल नेत्रज्योति संघ र प्राविधिक शिक्षालयले सञ्चाल गरेको नेत्र सहायक कक्षामा १२० जना विद्यार्थी अध्यनरत रहेको जानकारी दिइएको थियो ।
कार्यक्रममा सरुवाभई जान लागेका राजेन्द्रप्रसाद चौधरी, नेपाल नेत्रज्योति संघका सहकोषाध्यक्ष घनश्याम सुवेदी, सदस्य शेषमणि गौतमलगायतले शुभकामना व्यक्तगरेका थिए । अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत संशेर थापाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।