एपमेयरमा काँग्रेसका डाँगी ४९ मतान्तरले पराजित
तुलसीपुर, जेठ ५ । नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिमा शानदार जित हासिल गरेको छ । १३ वडाअध्यक्षसहित एमालेले मेयर र उपमेयर जितेको हो ।
सत्ता गठबन्धनका संयुक्त उम्मेदवारहरूलाई हराउँदै एमालेका पोलिटब्युरो सदस्य नरूलाल चौधरीले दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन ।
उनले ३१७२८ मत प्राप्त गरे । यहाँ सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार हेमराज शर्मा पोखरेल पराजित भए। उनले २६३६८ मत प्राप्त गरे । चौधरीले ५४०२ बढी मत प्राप्त गरि बिजय हासिल गरे ।
यहाँ उपमेयर पनि एमालेले जितेको छ।
एमाले उम्मेदवार हुमाकुमारी डिसी उपमेयर निर्वाचित भएकी छिन । उनले ३०४०३ मत प्राप्त गरिन ।
सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्री जम्मा ४९ मतान्तरले पराजित भए।
उनले ३०३५४ मत प्राप्त गरे । डाँगी २०७४ सालमा काँग्रेसबाट नरुलाल संग मेयरमा भिड्दा दोस्रो भएका थिए ।
२०७४ सालको निर्वाचनमा घोराहीमा नेपाली काँग्रेसले उपनिर्वाचिनसहित गरि दश वडा जितेको थियो । त्यस्तै नेकपा माओबादी केन्द्रले तीन वडा जितेको थियो ।
बाँकी ६ वडाहरुमा मात्रै एमालेले जितेको थियो । गठबन्धन हुँदापनि एमालेले शानदार जित हासिल गरेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि घोराहीमा मेयर ÷ उपमेयर दुबै एमालेले जितेको थियो ।
यहाँ गठबन्धन दलहरुमा ठूलो संख्यामा मत बदरहुनुलाई पनि पराजयको कारण मानिएको छ ।
मेयरमा ५ हजार र उपमेयरमा ६ हजार जति मत बदर भएको छ । मतदाता शिक्षाको कमिका कारण बदर मतको संख्या यतिधेरै पुगेको जानकारहरु बताउँछन् ।
दाङका दश मध्य हालसम्म एमालेले जितेको यही एउटा पालिका मात्रै हो ।
एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला घोराहीमा एमालेले शानदार जित निकालेसंगै दिउँसो पोखरेलकै उपस्थितिमा बिजयी ¥याली निकालिने उक्त पार्टीले जानकारी दिएको छ ।