२०८१ मङ्सिर २९ गते शनिवार

लुम्बिनी प्रदेश सांसदबाट राजीनामा दिएका थारु बने नगरप्रमुख

बुटवल,जेठ ४ । प्रदेश सांसदबाट राजीनामा दिएर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दीपेश थारु निर्वाचित भएका छन्।

बर्दियाको राजापुर नगरपालिकाको नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका दीपेश थारु निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार दीपकजङ्ग शाहलाई पराजित गर्दै थारु विजयी भए। ९ हजार ८ सय ७ मत प्राप्त गरी थारु विजयी हुँदा कांग्रेसका दीपकजङ्ग शाहले नौ हजार ७ सय ६० मत प्राप्त गरे।

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भइन्। उनकी निकटतम कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत प्राप्त गरिन्।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *