२०८३ साउन १ गते शुक्रवार

घोराहीमा एमाले मेयरका उम्मेदवार नरुलाल ३८१९ मतान्तरले अगाडि


दाङ, जेठ ३ । दाङको घोराही नगरपालिकाका मेयर पदका उम्मेदवार नरुलाल चौधरीले पछिल्लो समय निरन्तर अग्रता हासिल गर्दै गएका छन् ।

दोस्रो कार्यकालका लागि मेयरमा भिडेका चौधरीले ५१ हजार मतगणना हुँदा २१२११ मत प्राप्त गरि सकेका छन् ।

चौधरी निकटतम प्रतिद्धन्दी भन्दा ३८१९ मतान्तरले अगाडि पुगेका छन् ।

यहाँ गठबन्धनबाट मेयरका साझा उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड)ले हालसम्म १७३९२ मत प्राप्त गरेका छन् ।

यहाँ उपमेयरमा पनि नेकपा एमालेकी हुमाकुमारी डिसीले नै लिड गरिरहेकी छिन् ।

उनले २०४३५ मत प्राप्त गरेकी छन् । डिसी ३६० मतले अगाडि छिन् । यहाँ नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगीले २०७५ मत प्राप्त गरेका छन् ।

डाँगी २०७४ सालको निर्वाचनमा मेयरमा भिडेका थिए । डाँगी नरुलाल संग पराजित भएका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *