तुलसीपुर, २ जेठ । तुलसीपुर उपमहानगरपालिका—१७ मा जम्मा ४३३९ मत खसेको छ । त्यहा ६१७० मतदाता थिए । वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत बैसाख ३० गते स्थगित भएको तुलसीपुर उपमहानगरपालिका—१७ मा मंगलवार शान्तिपुर्ण रुपम मतदान सम्पन्न भएको छ ।
तीन दिनदेखि जिल्लास्तरका नेता तथा केन्द्रिय तहका नेताको समेत जमघटस्थ लबनेको मतदान निकै उत्साहजनक रुपमा सम्पन्न भएको हो ।
मतदान स्थलमा ज्येष्ठ नागरीक, शारिरिक रुपमा अशक्त, विरामी तथा सुत्केरीहरुलाइ विना लाइन मतदानको व्यवस्थापन गरिएको थियो ।
मंगलवार दिनभर वडाका दुइ वटा बुथमा वडाध्यक्षका उम्मेदवार मात्र नभएर सवै राजनितिक दलका मेयर तथा उपमेयर पदका उम्मेदवारहरु तथा जिल्लाका अन्य वडाका राजनितिकर्मिहरुको समेत बाक्लो उपस्थीति देखिएको थियो ।
मतदातालाइ प्रभाव पार्न जिल्ला तहका नेताहरु मंगलवार विहानै मतदान सुरुहुनुअघि देखिनै दुधरास बुथ तथा मानपुर बुथमा दौडधुप गरेका थिए ।
त्यसैगरी निर्वाचनलाइ सुरक्षित एवं भयरहित प्रमुख बनाउन निर्वाचन सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख शुरेश काफ्ले, अनुसन्धान प्रमुख, नेपाली सेनाका वाहिनी प्रमुख, शशस्त्र प्रहरी प्रमुख लगायत इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामु अर्याल सहितको टोलिले व्यापक सुरक्षा प्रवन्ध मिलाएको थियो ।
खासगरी नेपाली कांग्रेस, नेकपा एमाले तथा स्वतन्त्र उम्मेदवारकाबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने अनुमान गरिएको सो वडाको मतदानमा ६ हजार १ सय ७० मतदाताहरुमा ४ हजा ३ सय ३९ जनाले दुइ बुथबाट मतदान गरेका थिए ।
मतदान प्रक्रियामा वडाध्यक्षका प्रत्यासीहरुमा नेपाली कांग्रेसका थलराज पुरी, एमालेका प्रदिप चौधरी र स्व्तन्त्रका डिल्लीराज शर्मा रहेका छन् ।
जनकल्याण माध्यमिक विद्यालय दुधरास बुथबाट १ हजार ९ सय २५ जनाले मतदान गरेका थिए भने दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथबाट २ हजार ४ सय १४ जनाले मतदान गरेको त्यहांका निर्वाचन अधिकृतहरुले जनाएका छन् ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका—१७ मा मतदान सकिएलगत्तै मतपेटिकाहरु तुलसीपुरस्थीत सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
त्यहि मतगणना सुरु हुने अन्तिम तयारी भएको छ । मंगलवार रातीदेखिनै मतगणनास्थलका ५ स्थानमा मतगणना सुरु गर्ने तयारी निर्वाचन कार्यालयले गरेको छ ।
मंगलवार बसेको सर्वदलिय वोर्ड वैठकले पनि मंगलवारै रातीबाट मतगणना सुरु गर्ने निर्णय गर्दै एजेन्ट समेत खटाइसकेको बताइएको छ ।
मतगणनास्थलमा सिसिक्यामेरा सहित आवस्यक सुरक्षाकर्मि सहितको सुरक्षा व्यवस्थापन गरिएको निर्वाचन सुरक्षा समितिले जनाएको छ ।
‘आजै रातीदेखि मतगणना सुरुगर्नेगरी सवै सुरक्षा व्यवस्था मिलाइसकिएको छ, तुलसीपुरको मतगणनालाइ छिटो र छरीतो बनाउन हामी प्रतिवद्ध छौं’—प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक हिरालाल रेग्मीले बताए ।
तस्विर ः शरद रेग्मी ।