२०८२ जेष्ठ ४ गते शुक्रवार

दंगीशरणको अध्यक्षमा काँग्रेसबाट गिरी र उपाध्यक्षमा खड्का निर्वाचित

तुलसीपुर, जेठ ३ । दाङको दंगीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका शम्भु गिरी र उपाध्यक्षमा पिमा वली खड्का निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित गिरी पूर्व शिक्षक हुन । खड्का यसअघि पनि उपाध्यक्ष नै थिइन ।


दंगीशरण काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीको पुर्खेउली गाउँ हो । पूर्व मन्त्री समेत रहेका नेता गिरी त्यहीका मतदाता हुन । गाउँपालिका अध्यक्षमा निर्वाचित गिरी नाताले दीपक गिरीका काका हुन ।


गिरीले ५७६७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी एमालेका मेघनाथ (एमएन)शाहले ४०४९ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर १६१८ हो ।

त्यस्तै उपाध्यक्षमा निर्वाचित खड्काले ४७७९ मत प्राप्त गरिन । खड्काकी निकटतम प्रतिद्वन्दी एमालेका बुधनी चौधरीले ४३११ मत प्राप्त गरेकी थिइन । उनीहरुबीचको मतान्तर ४६८ हो ।


यहाँ नेकपा माओबादी केन्द्रका मनिराम चौधरी अध्यक्ष र उपाध्यक्षमा निर्मला चौधरी भिडेका थिए । यहाँ नेपाली काँग्रेसले १,३ र ७ नं. वडाहरु जितेको छ ।

नेकपा एमालेले २,४,५ र ७ नम्बर वडाहरु जितेको छ । दंगीशरणमा १८१०६ जना मतदाता रहेकोमा १००८७ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *