देवी भण्डारी, हापुरे, जेठ ३ । बबई गाउपालिकामा नेपाली कांग्रेसले जितको झण्डा फहराएको छ ।
अध्यक्षमा काँग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् । अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६ सय १५ मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एकमालेका भुवनेश्वर पौडेलले ५ हजार ५सय ३८ मत प्राप्त गरे । पौडेलले २०७४ सालमा गाउँपालिका अध्यक्ष जितेका थिए । यस पटक पनि पार्टीले उनैलाई उम्मेदवार बनाएको थियो ।
त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओवादीका केन्द्रका भिमबहादुर वलीले २ हजार १८ मत मात्रै प्राप्त गरे ।
यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसकी बमकुमारी खड्काले ६ हजार ४ सय मत प्राप्त गरि बिजयी हुँदा उनकी निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी सावित्रा विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरिन । उनीपनि यसअघि सोही गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी थिइन ।
त्यस्तै माओवादीकी उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले २ हजार २ सय ५६ मत प्राप्त गरिन । बबईका ७ वटा वडा मध्य ४ वडामा नेपाली कांग्रेस र ३ वडामा नेकपा एमाले विजयी भएको छ ।