दाङ, जेठ ३ । नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट प्रतिष्पर्धी भन्दा झन्डै दोब्बर मतले अगाडि रहेका छन् । विष्टले ८३४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ४३७७ मत प्राप्त गरेका छन् । विष्ट मिश्र भन्दा ३९६३ मतले अगाडि छन् ।
यहाँ मेयरमा राप्रपाका नन्दलाल बैश्यले ३३६१ मत प्राप्त गरि मिश्रलाई पच्छ्याइ रहेका छन् । नेपालगञ्जमा सत्ता साझेदार दलहरुका बीचमा गठबन्धन रहेको छ ।
यहाँ उपप्रमुखमा गठबन्धन दलबाट जसपाका कमरुद्दिन राईले ६७८८ मत प्राप्त गरेका छन् ।
राईलाई राप्रपाकी विन्दु चर्ती मगरले ४३६१ मतका साथ पच्छ्याइ रहेकी छन् ।
त्यस्तै नेकपा एमालेकी शान्तिदेवी ढकालको ४२०० मत प्राप्त गरेकी छिन् । हालसम्म नेपालगञ्जमा वडा नम्बर १, २, ३, ४, २०, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिएको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार