२०८१ माघ २६ गते शनिवार

तुलसीपुर वडा नं. ५ मा सञ्जाल गठन

सुरेश श्रेष्ठ,
दाङ,माघ २२ । लैङ्गिक हिंसा नियन्त्रण र सचेतिकरणका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा वडास्तरीय सञ्जाल गठन गरिएको छ ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि–२०७५ बमोजिम भुमा चन्दको संयोजकत्वमा पदमा चौधरी सचिव,मेघराज घिमिरे कोषाध्यक्ष र सदस्यहरुमा चम्फा थापा,संजयकुमार गुप्ता , राजेन्द्र श्रेष्ठ, शान्ती जैसी, महिमा थापालाई चयन गरिएको छ । त्यस्तै सल्लाहकारमा वडा अध्यक्ष बिरेन्द्रकुमार शाह,वडा सदस्य साबित्रा गुरुङ र मधुमती सुनार रहेका छन् ।

सञ्जालले वडामा लैङ्गिक हिंसाबाट पीडित महिलालाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गर्दै आत्मविश्वास जगाउन, महिला तथा बालबालिका अधिकारको क्षेत्रमा काम गर्ने बताइएको छ ।

कार्यविधि अनुसार सञ्जालले लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने काम गर्ने छ ।

प्रकाशित मिति : २०७५ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *