दाङ, जेठ ३ । सल्यानको सिद्ध कुमाख गाउँपालिकामा नेपाली काँग्रेस बिजयी भएको छ ।
कांग्रेसका भरत गिरी अध्यक्षमा निर्वाचित भएका हुन। निर्वाचित गिरीले २१७३ मत प्राप्त गरेका थिए ।
गिरीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवारलाई पराजित गरेका हुन ।
एकीकृत समाजवादीका चित्रबहादुर चलाउनेले १७९८ मत प्राप्त गरेका थिए । गिरीले चलाउने भन्दा ३७५ मत प्राप्त गरेका थिए ।
तर, यहाँ उपाध्यक्षमा भने गठबन्धनबाट माओवादीका रामबहादुर बस्नेत निर्वाचित भएका छन । बस्नेतले २ हजार ३५ मत प्राप्त गर्दा कांग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत प्राप्त गरेकी थिइन ।
यहाँ नेपाली काँग्रेसले ३,४ र ५ गरि तीन वडामा जित हासिल गर्दा माओबादी केन्द्रले वडा न १ र २ जितेको छ । यसअघि यो गाउँपालिका नेकपा एमालेले जितेको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार