दाङ, जेठ ३ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा मगर (जेके) निर्वाचित भएका छन् ।
कांग्रेसका बाँठाले ४४५५ मत प्राप्त गरि निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४४२४ प्राप्त गरेका थिए । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गरेका हुन ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार तारा बुढा केसी ४५६० मत प्राप्त बिजयी भएकी छिन् । नेपाली काँग्रेसकी उम्मेदवार भद्रा कुमारी शाहीले ४१६० मत प्राप्त गरेकी थिइन ।
बाफिकोट माओबादीको बलियो पटक भएको स्थान हो ।
१० वटा वडा रहेको बाफिकोटमा २०७४ मा नेपाली कांग्रेसले एउटा वडापनि जित्न सकेको थिएन । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित सबै वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
