२०८३ मङ्सिर ९ गते मङ्गलवार

तुलसीपुर—१७ मा भोलि मतदान

तुलसीपुर, जेठ २ । वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत बैसाख ३० गते स्थगित भएको तुलसीपुर उपमहानगरपालिका—१७ मा भोलि मंगलबार मतदान सुरु हुंदै छ ।

मतदानका लागी संपुर्ण तयारी पुरा भैसकेको निर्वाचन कार्यालयले जनाएको छ । मतपत्र संबन्धित स्थानमा पुगिसकेको बताइएको छ । मतदानकालागी कर्मचारी एवं सुरक्षाकर्मि परीचालन भैसकेका छन् ।

मतदान विहान ७ बजेदेखि साझ ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा वडाध्यक्ष पदकालागी त्रिपक्षिय भिडन्त हुन थालेको छ ।

गठवन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेको तर्फबाट स्वर्गिय लवरु चौधरीका छोरा प्रदिप चौधरी र स्वतन्त्र रुपमा डिल्लीराज शर्मा अध्यक्षका प्रत्यासी बनेका छन् ।

सो वडामा जम्मा ६ हजार १ सय ७० मतदाता रहेका छन् । वडाका दुइ स्थानमा मतदान हुने छ ।

जनकल्याण माध्यमिक विद्यालय दुधरासको बुथमा २ हजार ७ सय ५६ र दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथमा ३ हजार ४ सय १४ मतदाताले मतदान गर्ने छन् ।

वडाका दुवै बुथमा निर्वाचन सम्पन्न भएपछि मात्रै तुलसीपुर उपमहानगरपालिकाका यसअघिनै मतदान भैसकेका वडाहरुको मतदान सुरु हुने बताइएको छ ।

मतदान सम्पन्न भएर मतपेटिका तुलसीपुर पुग्नासाथ सर्वदलिय बोर्ड बैठक बसेर तत्काल मतगणना सुरु हुने बताइएको छ ।

मतगणना सरकारी वकिलको कार्यालय तुलसीपुरमा हुने तय भएको छ ।
।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *