टेकबहादुर पुन, लमही, जेठ २ । दाङको लमही नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवारले निरन्तर अग्रता लिदै आएका छन् ।
सुरुदेखि नै अग्रता कायम राखेका नेपाली काँग्रेसका मेयरका उम्मेदवार जोगराज चौधरी सोमबार बेलुकासम्म निकटतम प्रतिद्धन्दी भन्दा १ हजार १ सय ५१ मतान्तरले अगाडि छन ।
लमही नगरमा अहिले वडा नं. १, ५,९,६,८,२ र ३ नम्बर वडाको मतगणना चलिरहेको छ ।
अहिले सम्म काँग्रेसका मेयर पदका उम्मेदवार चौधरीले ४ हजार ७ सय २५ मत प्राप्त गरेका छन ।
उनका निकटतम प्रतिद्वण्दी माओबादी केन्द्रका बशन्तराज शर्मा (बिक्रान्त)ले ३ हजार ५ सय ७४ मत प्राप्त गरेका छन ।
यहाँ यो खबर तयार पार्दासम्म नगर प्रमुखमा नेकपा एमालेका डण्डीराम चौधरीले २ हजार ७ सय ९० मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयर पदमा पनि काँग्रेस उम्मेदवारले निरन्तर अग्रता लिदै आएकी छिन । काँग्रेसकी उपमेयर पदकी उम्मेदवार लक्ष्मी योगीले निकटतम प्रतिद्वन्दी भन्दा १ हजार ३ सय ५४ मतले अगाडि छिन् ।
काँग्रेसकी योगीले ३ हजार ८ सय ५६ मत प्राप्त गर्दा एमालेकी सुशीला शर्माले २ हजार ५ सय २ मत प्राप्त गरेकी छन । सोही पदमा माओबादीकी गंगा पाण्डेले २ हजार २ सय ४१ मत प्राप्त गरेकी छन् ।
अहिले सम्म लमही नगरका ९ वडा मध्य वडा नम्बर ९ र १ मा नेपाली काँग्रेसको पुरै प्यानल बिजयी भइसकेको छ ।
वडा नं. ५ मा माओबादीका वडाध्यक्ष र काँग्रेसबाट ४ सदस्य निर्बाचित भएका छन ।
लमहीमा कुल मतदाता ३४हजार ३ सय ८२ रहेकोमा २५ हजार ५ सय २७ मत खसेको थियो । यहाँ २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।