रगैंचा, जेठ २ । दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेत सुरुदेखि नै निरन्तर अग्रता लिइ रहेका छन् ।
सोमबार बेलुका साढे ४ बजेसम्म काँग्रेस नेता बस्नेत ६३८ मतले प्रतिष्पर्धी भन्दा अगाडि थिए ।
काँग्रेसका बस्नेतले ३८६६, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार विष्णु केसीले ३२२८ र नेकपा माओवादीका अध्यक्ष पदमा उम्मेदवार मोहनलाल वलीले २१२० मत प्राप्त गरेका छन ।
कांग्रेसका उम्मेदवार बस्नेतको पकड क्षेत्र आउन बाँकी रहेको हुँदा अब थप मतान्तर बढ्ने सम्भावना रहेको छ ।
त्यस्तै उपाध्यक्ष पदमापनि नेपाली कांग्रेसकी प्रेमाकुमारी बुढाथोकी केसीले अग्रता कायमै राखेकी छन । शान्तिनगरमा हालसम्म नेपाली काँग्रेसले वडा नं. ३ र ५ वडाहरु जितेको छ ।
त्यस्तै नेकपा एमालेले वडा नं. ४ मा जितेको छ । शान्तिनगर १ मा नेकपा माओबादी केन्द्र र वडा नं. २ मा काँग्रेसका स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
अव यहाँ वडा नं. ६ र ७ मात्रै गणना गर्न बाँकी रहेको छ ।