दाङ, जेठ २ । नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट ३१४५ मतान्तरले प्रतिष्पर्धी भन्दा अगाडि पुगेका छन् । विष्टले ५३२६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेबाट मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रले अहिलेसम्मको स्थितिमा जम्मा २१८१ मत प्राप्त गरेका छन् ।
यहाँ राष्ट्रिय प्रजातन्त्रका नन्दलाल बैश्यले २०४२ मतका साथ मिश्रलाई पच्छ्याई रहेका छन् ।
गठबन्धन दलबाट नेपालगञ्जको उपमेयरमा जनता समाजबादी पार्टी (जसपा) का कमरुद्दिन राईले ४०२० मतका साथ अग्रता कायमै राखेका छन । उनी प्रतिष्पर्धी भन्दा झन्डै १४७८ मतान्तरले अगाडि छन् ।
उपमेयरमा दोस्रो स्थानमा राप्रपाकी विन्दु चर्ती मगर रहेकी छन् । उनले २५४२ मत प्राप्त गरेकी छन् । नेपालगञ्ज उपमेयरमा नेकपा एमालेकी शान्तिदेवी ढकालले १९६१ मत मात्रै प्राप्त गरेकी छन् ।
नेपालगञ्जको वडा नम्बर १, २, ३, २१, २२ र २३ नम्बरसहित २० वडाको मतगणना सकिएको छ । अब वडा नम्बर ४ र १९ को मतगणना सुरु भएको छ ।