२०८१ मङ्सिर १७ गते सोमवार

प्युठानको ऐरावती गाउँपालिकामा कांग्रेसका नविल विक्रम शाह निर्वाचित

प्युठान,जेठ २ । प्युठानको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नविल विक्रम शाह निर्वाचित भएका छन ।

उनले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले पराजित गरेका हुन ।

कांग्रेसका शाहले ४ हजार ६६९ मत पाउँदा माओवादीका बस्नेतले २६५० मत ल्याएका छन । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६४७ मतसहित निर्वाचित भएका छन ।

त्यस्तै स्वतन्त्र उम्मेदवार टीकाबहादुर गुरुङले १ हजार ७२१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमला कुमारी ज्ञवालीले १ हजार ५४७ मत ल्याएका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *