२०८१ मङ्सिर १७ गते सोमवार

सल्यानको कुमाखमा बुढाथोकीले फहराय काँग्रेसको झण्डा


काँग्रेसले जित्यो १८ वडा
दाङ, जेठ १ । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ ।

नेपाली काँग्रेसका मानबहादुर बुढाथोकी गाउँपालिका अध्यक्षमा बिजयी भएका हुन । बुढाथोकी ४ हजार ५८ मत प्राप्त गरे । बुढाथोकीका प्रतिष्पर्धी नेकपा माओबादीका डिल्लीराज जैसीले ४ हजार १२ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका लालबहादुर रावत बिजयी भएका छन । निर्वाचत परिणाम अनुसार उनले ४ हजार ४३ मत प्राप्त गरेका हुन ।
यहाँ कांग्रेस – एमालेको चुनाबी तालमेल गरेका थिए । २०७४ सालमा यो गाउँपालिकामा नेकपा माओबादी केन्द्रले जितेको थियो ।
कुमाख गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का स्वकीय सचिब रमेश मल्लको घर रहेको ठाउँ हो ।
सल्यानमा हालसम्म नेपाली काँग्रेसले १८ वडाध्यक्ष जितेको छ भने नेकपा माओबादी केन्द्र १४ र नेकपा एमालेले ७ वडाहरु जितेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *