घोराही, जेठ १ । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुको अग्रता कायम रहेको छ ।
आइतवार साँझ ७ बजेसम्म घोराही उपमहानगरपालिकाका ८ वटा वडामा भैरहेको मत गणनाका आधारमा गठबन्धनका उम्मेदवारहरुले फराकिलो अग्रता बनाएका छन ।
घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा ४ हजार ५४७ मत प्राप्त गरेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले ३ हजार ७२६ मत प्राप्त गरेका छन ।
हालसम्म एमालेका उम्मेदवार चौधरीभन्दा गठबन्धनका उम्मेदवार शर्मा ८२१ मत अन्तरले अघि रहेका छन ।
घोराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सरिता देवकोटाले ७७८ मत ल्याएर तेश्रो नम्वर छ्न ।
उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भुपबहादुर डाँगीले ४ हजार ८६० मत प्राप्त गर्दै फराकिलो अग्रता कायम गरेका छन ।
उपप्रमुखमा एमालेबाट उम्मेदवार बनेकी हुमा डिसीले ३ हजार ६१९ मत प्राप्त गरेकि छिन ।
उपप्रमुखमा गठबन्धनका डाँगीले एमालेकी उम्मेदवार डिसीलाई एक हजार २४१ मतले पछि पारेका छन ।
घोराहीका १९ वटा वडाहरु मध्य वडा नं. १९ मा मतगणना सकिएको छ भने वडा नं. १४, १५, १६, १७, १८ र १ नम्वरमा मत गणना भैरहेको छ ।
घोराही उपमहानगरपालिकामा ७६ हजार ५ सय २१ मत खसेको थियो । जस मध्य करिव दश हजार मत मात्रै गणना भएको छ ।