२०८१ मङ्सिर २४ गते सोमवार

नेपालगञ्‍जको मेयरमा कांग्रेसको अग्रता,राप्रपालाई पछ्याउँदै एमाले

नेपालगंज,जेठ १ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गरेका छन् ।

राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपति दयाल मिश्रले ९६८ मत प्राप्त गरेका छन्।

उपमेयरमा जसपाका कमरुद्दिन राईले एक हजार ४४२, राप्रपाकी विन्दु चर्तीमगरले एक हजार ८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गरेका छन् । वडा नं २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना जारी छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा रहेका ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो ।

मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *