२०८३ साउन १ गते शुक्रवार

पार्टी सभापतिको वडामा कांग्रेसको वागी उम्मेदवार वली बिजयी

दाङ, जेठ १ । नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीको वडामा काँग्रेसकै बागी उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

पार्टीले टिकट नदिएपछि धारा चुनाब चिन्हबाट निर्वाचन लडेका शान्तिनगर गाउँपालिका वडा नं. २ का २३ बर्षीय सुनिल वलीले १०७ मतान्तरका साथ वडाध्यक्ष जितेका हुन । प्राप्त मत परिनाम अनुसार वलीले ७४८ मत प्राप्त गरेका थिए भने उनका निकटत प्रतिद्धन्दी नेकपा माओबादी केन्द्रका ठाकुर केसीले ६४१ मत प्राप्त गरेका थिए ।

त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार टोपेन्द्रा खड्काले ४७६, नेकपा एमालेका पूर्णबहादुर वलीले ३१४ मत, नेकपा एकीकृत समाजबादीका खम्बु जैसीले १४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टंकप्रसाद पाण्डेले वडाध्यक्षमा जम्मा ३ मात्रै प्राप्त गरेका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका वली टिम बिनानै एक्लै वडाध्यक्षमा भिडेका थिए । पार्टीको आधिकारिक उम्मेदवार बिरुद्ध उम्मेदवारी दिएको भन्दै नेपाली काँग्रेस दाङले बैशाख २९ गते मात्रै साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको थियो ।

यो वडामा कुल ३५०३ मतदाता थिए भने २४५३ मत खसेको थियो ।

तस्विर ः फरककोण ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *