दाङ, जेठ १ । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले सुरुदेखिको अग्रता बढाउँदै लगेतका छन् ।
गठबन्धनको तर्फबाट नेकपा माओबादीका उम्मेदवार हेमराज शर्मा (डायमण्ड) ले २८८४ मतका साथ लिड गरिरहेका छन् । मेयर पदका उम्मदेवार डायमण्ड ३६० ले अगाडि छन् ।
त्यस्तै गठबन्धका तर्फबाट नेपाली काँग्रेसका उपमेयर पदका उम्मेदवार भुपबहादुर डाँगीको ६४२ मतले अगाडि छन् । डाँगीले सबैभन्दा धेरै ।३१०० मत प्राप्त गरेका छन् ।
घोराहीमा नेकपा एमालेका मेयरका उम्मेदवार नरुलाल चौधरीले।२५२४ र उपमेयरमा हुमा डिसीले ।२४५८ मत प्राप्त गरेकी छन् ।
घोराहीमा मुलुका ११ उपमहानगरपालिका मध्य सबै भन्दा धेरै १ लाख १२ हजार ९ सय २७ मतदाता छन् । यहाँ ७६ हजार ५ सय २१ मत खसेको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
