तुलसीपुर, बैशाख ३१ । शान्तिनगर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार दोब्बद बढी मतले प्रतिष्पर्धी भन्दा अगाडि रहेका छन् ।
नेपाली काँग्रेसले टिकट नदिएपछि रुष्ट बनेर वडाध्यक्षमा स्वतन्त्र रुपमा भिडेका २३ बर्षीय सुनिल वलीले धारा चुनाब चिन्ह पाएका थिए । यो खबर तयार पार्दासम्म उनले ११५ मत प्राप्त गरेका छन् ।
यहाँ नेकपा माओबादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार ठाकुरप्रशाद केसीले ५४, नेपाली काँग्रेसकी उम्मेदवार टोपेन्द्रा खड्काले २२ र नेकपा एमालेका पूर्णबहादुर वलीले २२ मत प्राप्त गरेका छन् ।
शान्तिनगर वडा नं. २ नेपाली काँग्रेसका जिल्ला सभापति शंकरप्रशाद डाँगीको वडा हो ।
यहाँबाट गाउँपालिका अध्यक्ष मध्य नेकपा एमालेका बिष्णु केसीलाई ७०, माओबादी केन्द्रका मोहनलाल वली ५६, नेपाली काँग्रेसका प्रमोद बस्नेत ५४ मत प्राप्त गरेका छन् ।
तस्बिर :फरककोण ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार