दाङ, बैशाख ३१ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारसहित प्यालने जित हासिल गरेको छ ।
स्वतन्त्र उम्मेदववार सुन्दर ओलीले ५७७ मत प्राप्त गरि बिजयी भएका हुन ।
यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण ओलीले ४१७ मत प्राप्त गरे भने नेपाली काँग्रेसका मुस्कान ओलीले ५१ मत मात्रै प्राप्त गर्न सफल भए ।
त्यस्तै स्वतन्त्र उम्मेदवार ओलीको प्यानलबाट महिला सदस्य कमला बोहरा, दलित महिला सदस्य लालसरा कामी, खुला सदस्यहरु खडक पुन र पुर्णबहादुर बुढा विजयी भएका छन ।
उनीहरुले धारा चुनाव चिन्हमा चुनाव लडेका थिए ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार