दाङ,बैशाख ३१ । दाङको बबई गाउँपालिका वडा नं. १ को अध्यक्षमा एमालेका प्रेमबहादुर डाँगी निर्वाचित भएका छन् ।
उनले ६६८ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन् ।
डाँगीले कांग्रेसका यज्ञबहादुर विष्टलाई १११ मतअन्तरले पछि पारेका छन् । कांग्रेसका विष्टले ५५७ मत ल्याएका छन् ।
जिल्लामा नेकपा एमालेको यो दोस्रो जित हो ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार