२०८१ असार ६ गते बुधवार

नेपालगञ्ज मेयरमा काँग्रेसका बिष्टको सुरुवाती अग्रता

दाङ, बैशाख ३१ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

१९८ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले ७९ मत प्राप्त गरेका छन् ।


नेपालगञ्जमा नेकपा एमालेका मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत मात्रै प्राप्त गरेका छन ।

त्यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी ९जसपाका० उम्मेदवार कमरुद्धिन राईले ६८, नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार शान्ति ढकालले २६ र राप्रपाकी बिन्दु चर्ती मगरले ७ मत प्राप्त गरेका छन् ।


यो नेपालगञ्ज २३ नम्बर वडाको परिनाम हो । अहिले नेपालगञ्जमा १ र २२ वडाको पनि गणना सुरु गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *