दाङ, बैशाख ३१ । सल्यानको कपुरकोट गाउँपालिकाको प्रारम्भीक मत परिनाम सार्वजनिक भएको छ ।
यहाँ नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीको गठबन्धन दलले अग्रता लिएका छन् ।
गठबन्धन माओवादी, समाजवादीका अध्यक्ष पदका उम्मेदवारले २६९ र उपाध्यक्ष पदका उम्मेदवारले २५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवारले २३४ र उपाध्यक्ष पदका उम्मेदवारले २३८ मत प्राप्त गरेका छन् ।
कपुरकोटमा काग्रेसका उध्यक्ष पदका उम्मेदवारले ५८ र उपाध्यक्ष पदका उम्मेदवारले ५७ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय जनमोर्चाका उम्मेदवारले हालसम्म १ मात्रै प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार