दाङ, बैशाख ३१ । सल्यानको कुमाख गाउँपालिका वडा नं.७ को वडा अध्यक्षमा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन ।
शाहीले ६४३ मत प्राप्त गरि विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस – नेकपा एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन ।
वडा नं. ७ मा कुल मतदाता १९८९ रहेकोमा १३३८ मत खसेको थियो।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार