२०८१ असार ८ गते शुक्रवार

बुटवल उपमहानगर ः मेयरमा कांग्रेसका खेलराज,उपमेयरमा राप्रपाकी भगवतीको अग्रता

बुटवल,वैशाख ३१ । रूपन्देहीको बुटवल उपमहानगरपालिकामा मतगणना जारी छ । यहाँ सत्ता गठबन्धनले शुरुवाती अग्रता लिएको छ ।

अहिले बुटवल वडा न १ मा ६०० मत गणना सकिएको छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् ।

वडा १ बाट कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले १२८ र नेकपा एमालेका बावुराम भट्टराईले ९४ मत पाएका छन् ।

उपमेयरमा भने राप्रपाकी भगवती पाण्डेले अग्रता लिएकी छन् , उनले १३० मत ल्रयाउँदा एमालेबाट उपमेयरकी उम्मेदवार साबित्रा अर्यालले ११६ ल्याइन् भने गठबन्धनबाट उपमेयरमा उम्मेदवार नेकपा एसका चीनबहादुर गुरूङले ९७ मत पाएका छन् ।

वडा न १ मा पुतली चुनाव चिन्ह सबैभन्दा अगाडी छ । जसका स्वतन्त्र उम्मेदवार उठेका नरेन्द्र बस्नेतले २२१ मत पाएका छन् । एमालेले १४६ र कांग्रेसले ९७ मत पाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *