२०८१ असार ८ गते शुक्रवार

निर्वाचन शान्तिपुर्णः प्रमुख जिल्ला अधिकारी

दाङ, बैसाख ३० । जिल्ला निर्वाचन सुरक्षा समिति तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गराउन भुमिका खेल्ने सवैलाइ हार्दिक बधाइ ज्ञापन गरेका छन् ।

प्रजिअ रेग्मीले पत्रकारसंग कुरागर्दै निर्वाचनलाइ सुरक्षित गराउने सन्दर्भमा सुरक्षा जांच कडाइगर्दा केहि बुथहरुमा तोकिएको समय भन्दा बढि समय पनि मतदान जारी राख्नुपरेका घटना वाहेक जिल्लाभर निर्वाचन शान्तिपुर्ण रहेको बताए ।

प्रजिअ रेग्मीले निर्वाचनलाइ शान्तिपुर्ण रुपमा सम्पन्न गराउन खटिएका सवै सुरक्षाकर्मिहरु, सहकर्मि कर्मचारी मित्रहरु, म्यादी प्रहरी, राजनितिक दल, नागरीक समाज, सन्चारकर्मि एवं विशेषगरी अधैर्य प्रतिक्षा गरी सौहार्दपुर्ण रुपमा मतदान प्रक्रियामा सहभागी सवै मतदातालाइ पनि विशेष धन्यद एवं बधाइ ज्ञापन गरेका छन् ।

साथै आफुहरु अझैपनि सुरक्षित रुपमा मतपेटिका संबन्धित स्थानमा ल्याउन र शान्तिपुर्ण एवं व्यवस्थीत रुपमा मतगणनाको काम सम्पन्न गराउने सन्दर्भमा कटिवद्ध रहेको पनि उनले बताएका छन् ।

मतपेटिकाहरु पालिकाको गणनास्थलमा आइपुगेपछि राजनितिक दलको सर्वदलिय बोर्डको निर्णय पछि चांडै मतगणना सुरु हुने पनि बताइएको छ ।

संभवतः तुलसीपुर उपमहानगरपालिका वाहेक अन्य पालिकाहरुमा सर्वदलिय वोर्ड र मतदान अधिकृतले निर्णय गरे शुक्रवारै रातीदेखि मतगणना सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *