२०८१ माघ १३ गते आइतवार

दाङमा दिउँसो १ बजेसम्म ४१ प्रतिशत मत खस्यो

तुलसीपुर,बैशाख ३० । दाङमा दिउँसो १ बजेसम्म ४१ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय दाङका अनुसार दिउँसो १ बजेसम्म ४१ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

जिल्लामा दश पालिका र ९९ वडाका केन्द्रमा उत्साहजनक र शान्तिपुर्ण वातावरणमा मतदान भईरहेको छ ।

जिल्लामा कुल ४ सय ६१ मतदान केन्द्र, एक सय ५३ मतदान स्थल तय गरिएको छ । भने ४ लाख ९ हजार ९०२ मतदाताले मतदान गर्दैछन् । जसमध्य दुई लाख ८०१ जना पुरुष र दुई लाख ९ हजार ९९ जना महिला र अन्य दुई जनाले मतदान गर्दैछन् ।

त्यस्तै जिल्लामा ३५ सय सुरक्षाकर्मी र २५ सय कर्मचारीहरुलाई मतदान स्थलमा खटाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्दैछ ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *