२०८३ मङ्सिर ९ गते मङ्गलवार

रुकुम पूर्वको पेल्लामा बिहान साढे ११ बजेसम्म सुरु भएन मतदान

दाङ, वैशाख, ३० । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा बिहान साढे ११ बज्नै लाग्दासम्म पनि मतदान सुरु हुन सकेको छैन ।


गाउँपालिकाको प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा अझै मतदान सुरु हुन नसकेको रुकुम९पूर्व० का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए ।


बिहान भर फोन सम्पर्क नभएको र बिहान ९ बजेपछि मात्रै स्याटेलाइट फोन सम्पर्क हुँदा मतदान सुरु नभएको बारे जानकारी आँफूले पाएको प्रजिअ खड्काले बताए ।

‘स्यालेटाइटको फोन सम्बादपनि मुस्किलले अलिअली मात्रै बुझिने भएर झनै समस्या भयो,’ खड्काले भने ‘ अहिले लगभग कुरा मिल्ला जस्तो भएको छ र अबको केही बेरमा मतदान सुरु हुने आशा गरिएको छ ।’


सर्वदलिय बैठक बसेर निर्वाचन गर्ने बारे करिब करिब सहमति नजिक पुगेको प्रजिअ खड्काले जानकारी दिए । यहाँ नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा चुनाबी तालमेल रहेको छ । नेकपा माओबादी केन्द्र एक्लै भिडेको छ ।


बैशाख २९ गते मात्रै यहाँ काँग्रेस र माओबादी कार्यकर्ताको बीचमा झडप भएको थियो । प्रजिअ खड्काले सामान्ने झडप मात्रै भएको प्रतिक्रिया दिए । स्रोतका अनुसार काँग्रेसका एक जना कार्यकर्ता गम्भीर घाइते छन् । उनलाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लैजानु पर्ने माग काँग्रेसका नेताहरुले राखेका थिए ।


त्यही माग पुरा नभएको हुँदा काँग्रेसले मतदानमा सहभागि हुन्न भनेपछि समस्या भएको प्रजिअ खड्काले बताए । काँग्रेस कार्यकर्ता भने प्रहरी प्रशासन पीडककै समर्थनमा रहेको हुँदा समस्या भइरहेको बताउँछन् ।


उक्त वडामा काँग्रेस, एमाले र माओबादी गरि तीन दल मात्रै छन् । काँग्रेसको वडाध्यक्ष र एमालेको वडा उपाध्यक्ष तालमेलमा उम्मेदवार छन् । काँग्रेसलाई मनाउने प्रयास भइरहेको र केही बेरमै मतदान सुरु हुन सक्ने अपेक्षा गरिएको प्रजिअ खड्काले बताए ।
जिल्लाका तीन पालिका मध्य अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान जारी छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *