२०८१ मङ्सिर २९ गते शनिवार

निर्वाचनको सम्पूर्ण तयारी पुरा

दाङ, बैशाख २९। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

जिल्लाका दश पालिका र एक सय वटा वडा मध्य ९९ वटा वडामा भोली बैशाख ३० गतेका दिन निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका सम्पू्र्ण काम पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेको जनाएको छ ।

जिल्लाका सवै पालिकामा निर्वाचनका सवै सामग्री पुराउने काम भइसकेको छ । मतदान केन्द्रमा पुगेका प्रतिनिधिहरुले मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न थालिसकेका छन् ।

मतदान स्थललाई व्यवस्थित गर्नका लागि डोरी लगाउने, तारवार गर्ने जस्ता काम भइरहेको छ । जिल्लामा रहेका ९९ वटा वडाका मतदान केन्द्रमा तयारी गरिएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने सामग्री सहित पुगेका कर्मचारीले मतदानस्थल निर्माण गरिरहेका छन् । निर्वाचनको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीको सुरक्षा परिचालन रहनेछ । यस्तै सशस्त्र र नेपाली सेनाले दोस्रो र तेस्रो घेराको सुरक्षा दिनेछन् ।

दाङ जिल्लामा एक सय ५३ स्थानमा मतदानस्थल रहेका छन् । ति स्थलमा चार सय ६१ वटा केन्द्र रहनेछन । जिल्लामा सवैभन्दा ठूलो केन्द्रका रुपमा घोराही उपमहानगरपालिकाको वडा नं. १५ मा रहेको काठेकोहल केन्द्र रहेको छ । जहाँ करिव १० हजार मतदाता रहेका छन भने १० वटा केन्द्र रहेका छन् ।

हरेक गाउँपालिकामा दुई जना प्रहरी निरिक्षक सहितको सुरक्षाकर्मीहरु रहेका छन् । त्यस्तै नगरपालिकामा डिएसपीसहित प्रहरी निरिक्षकको जिम्मामा पठाईएको छ ।

उनीहरुको साथमा नेपाली सेना, सशस्त्र र म्यादी प्रहरीहरु समेत खटिएका छन् । मतपत्र, मतपेटिकासहित मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरु जिम्मा पाएका मतदानस्थलमा गइसकेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले जानकारी दिए ।

मंगलबार राती १२ बजे देखि मौन अवधी शुरु भएकाले आचार संहिता पालनाका लागि पनि मुख्य निर्वाचन अधिकृत थापाले सवैलाई आग्रह गरे ।

उनले निर्वाचनको दिनमा पालिका प्रमुखका उम्मेदवारले चार पांग्रे एउटा गाडी पास लिएर मात्रै प्रयोग गर्न पाउने र पालिका भन्दा बाहिर जान नपाउने भएकाले सोही अनुसार कडाई गरिने पनि उहाँले जानकारी दिए ।

यसैगरी निर्वाचनमा मतदान गर्न नसक्नेहरुको बिषयमा एकाघरमा एक जनाले भोट हाल्न पाउने, त्यसो हुन नसके निजले इच्छाएको व्यक्तिले भोट हाल्दिने र त्यो पनि हुन नसके मतदान अधिकृतले भोट हाल्ने व्यवस्था गरिएको छ ।

मतदाताले मतदान गर्न जाँदा कुनै पनि सामग्री लग्न नपाइने व्यवस्था गरिएको छ । कागज, कलम वा अन्य कुनै पनि खालका सामग्री लग्न नपाइने व्यवस्था गरिएको छ ।

मतदानस्थल मतपत्रमा लगाउने स्वस्तीक हुने भएकाले कलमको प्रयोग नहोस र मतदाताहरु प्रभावित नहोउन भनेर बाहिरका कुनै पनि सामग्री लग्न नदिने व्यवस्थाका बारेमा मुख्य निर्वाचन अधिकृत थापाले जानकारी गराएका छन ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *