काठमाण्डौ,बैशाख २७ । पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप १७ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ८५ जनामा झरेको छ । यसबीचमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।
यसैबीच पछिल्लो २४ घण्टामा ८० हजार एक सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार