२०७७ मङ्सिर १७ गते बुधवार

कोईलावासमा पहिलो पटक निशुल्क आँखा शिविर संचालन

बालाराम खड्का,
दाङ,माघ २० । दाङको विकट क्षेत्र मानिने कोईलावास नाकामा पहिलो पटक निशुल्क आँखा शिविर संचालन गरिएको छ । घर नजिके निशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीय दंग परेका छन् । स्थानीय ८० बर्षीया सेतु गुरुङले यसरी घर आगनमै निशुल्क आँखा उपचार सेवा पाउँला भनेर कहिले कल्पना नगरेको भन्दै खुुुसी साटिन ।

पहिलो पटक गढवा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा कोइलावासमा निःशुल्क आँखा चेकजाँच तथा उपचार शिविरको आयोजना गरेपछि स्थानीयहरु हर्षित भएका थिए ।

निशुल्क रुपमा संचालित आँखा शिविर कार्यक्रम गढवा गाउँपालिका वडा नं. ८ कोइलावासका वडा अध्यक्ष सद्दाम सिद्धिकीको अध्यक्षता गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रमा सम्वोधन गर्दै पहिलो पटक त्यसक्षेत्रमा निशुल्क आँखा शिविर संचालन गरिएको भन्दै खुसी साटेका थिए । अध्यक्ष यादवले गढवा गाउँपालिकालाई मोतिविन्दु रहित गाउँपालिका घोषणा गर्ने अभियान अन्र्तगत आँखा शिविर आयोजना गरिएको उनले बताए ।

गाउँपालिकालाई दाङको पहिलो मोतिविन्दु रहित गाउँपालिका घोषणा गर्न विभिन्न स्थानमा आँखा उपचार सेवा दिन थालिएको अध्यक्ष यादवले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले मोतिबिन्दुलाई स्थानीय सरकारको सहयोगविना हटाउन र दृष्टि विहीनताको व्यापकतालाई न्यूनिकरण गर्न सम्भव नभएको हुँदा साझेदारी कार्यक्रम सञ्चालन गरेको धारणा राखे ।

दाङका १० वटा स्थानीय निकायसँग साझेदारी कार्यक्रम अन्तर्गत मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम सञ्चालन गरेको सचिव खड्काले बताए । त्यसक्रममा कार्यक्रको विषय बस्तुमाथि प्रकाश पादै अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले स्थानीय तहमा देखिएको दृष्टि विहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पु¥याउने उद्देश्यले अस्पतालले मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम सञ्चालन गर्ने बारे सम्झौता गरेको हुँदा त्यही अनुसार शिविरको आयोजना गरेको जानकारी दिए ।

आँखा शिविरमा १०२ जनाको आँखा चेकजाँच गरिएको थियो भने १२ जना मोतिविन्दुका विरामीहरु भेटिएको नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिए । १२ जना मोतियाविन्दुका विरामीलाई निःशुल्क शल्यक्रिया गर्ने प्रवन्ध गरिएको चौधरीले बताए । दृष्टि विशेषज्ञ मदन चौधरीको नेत्रतृत्वमा गएको प्राविधिक टोलीले कोईलावासमा निशुल्क सेवा प्रदान गरेको हो ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *