२०८३ बैशाख १६ गते बुधवार

एमालेले चुनाव जिते स्वास्थ्य र शिक्षा निस्शुल्क – चौधरी


तुलसीपुर, बैशाख २६ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरकी उमपेयरकी उम्मेदवार स्यानी चौधरीले एमाले चुनाव जिते शिक्षा र स्वास्थ निस्शुल्क बनाउने प्रतिबद्धता जनाएकी छन ।
तुलसीपुरमा चुनावी अभियानकै क्रममा घर दैलोमा पुगेकी चौधरीले एमालेले उपमहानगरमा चुनाव जितेमा यहाँका सरकारी अस्पताल र विद्यालयको गुणस्तर बढाउने र सेवा शुल्क नलिने बताएकी हुन ।
उनले पैसा अभावका कारण तुलसीपुर उपमहानगरपालिका भित्रका कोही पनि नागरिक उपचार नपाउने र पढ्न नपाउने अवस्थाको अन्त्य गर्ने आश्वासन दिइन । उनले शिक्षा र स्वास्थ्यमा तुलसीपुरवासीको सहज पहुँच र्पुयाउने समेत प्रतिबद्धता जनाइन ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *