२०८१ मङ्सिर २९ गते शनिवार

यी हुन तुलसीपुरमा मेयर÷ उपमेयरदेखि गठबन्धनबाट १९ वटै वडाध्यक्षका साझा उम्मेदवार

तुलसीपुर, बैशाख २६ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तुलसीपुर उपमहानगरपालिकामा मेयर÷ उपमेयर लगाएत १९ वटै वडामा गठबन्धनका साझा उम्मेदवारहरुको नाम लिष्ट नेकपा माओबादी केन्द्रले सोमबार सार्वजनिक गरेको छ ।
माओबादीले साझा र आधिकारिक उम्मेदवारलाई बिजयी बनाउन अपिलपनि जारी गरेको छ । उस्ले मेयरमा नेपाली काँग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजबादीका जोगबहादुर रानालाई बिजयी बनाउन सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेको छ ।


यी हुन १९ वडाका वडाध्यक्षका साझा र आधिकारिक उम्मेदवार
१ – तुलसीपुर वडा नं. १ मा – हुमकान्त सापकोटा – नेकपा माओबादी

२– तुलसीपुर वडा नं.२ मा – राजु आचार्य – नेपाली काँग्रेस (दोस्रो कार्यकालका लागि)
३– तुलसीपुर वडा नं.३ मा – मंगल बिक –नेकपा एकीकृत समाजबादी

४– तुलसीपुर वडा नं. ४ मा – तुल्सी थापा – नेकपा माओबादी

५– तुलसीपुर वडा नं.५ मा – वीरेन्द्रकुमार शाह– नेपाली काँग्रेस (दोस्रो कार्यकालका लागि)

६ – तुलसीपुर वडा नं. ६ मा – लोकराज डाँगी– नेपाली काँग्रेस (२०७४ सालमा वडाध्यक्षमा पराजित)
७ – तुलसीपुर वडा नं. ७ मा – रामबहादुर जिसी– नेपाली काँग्रेस ( यसअघिका वडासदस्य)
८– तुलसीपुर वडा नं. ८ मा – जितबहादुर केसी– नेपाली काँग्रेस
९ – तुलसीपुर वडा नं. ९ मा – घनश्याम ढकाल– नेपाली काँग्रेस (दोस्रो कार्यकालका लागि)

१०– तुलसीपुर वडा नं.१० मा – धुर्वबहादुर शाह – नेपाली काँग्रेस
११– तुलसीपुर वडा नं.११ – खिमबहादुर वली – नेपाली काँग्रेस
१२– तुलसीपुर वडा नं. १२ – खुसीराम चौधरी – नेकपा माओबादी
१३ – तुलसीपुर वडा नं. १३ – ताराबहादुर कार्की – नेपाली काँग्रेस
१४– तुलसीपुर वडा नं.१४ – शंकर खड्का – नेपाली काँग्रेस
१५– तुलसीपुर वडा नं.१५ – नबराज पुन – नेकपा माओबादी

१६ –तुलसीपुर वडा नं.१६–भुपबहादुर केसी–नेकपा एकीकृत समाजबादी (दोस्रो कार्यकालका लागि)

१७ – तुलसीपुर वडा नं. १७– थलराज पुरी – नेपाली काँग्रेस (दोस्रो कार्यकालका लागि)

१८– तुलसीपुर वडा नं. १८ – पुर्णबहादुर डाँगी – नेकपा माओबादी

१९ – तुलसीपुर वडा नं. १९ – केशबहादुर पुन –नेकपा एकीकृत समाजबादी


तुलसीपुरमा नेपाली काँग्रेसले मेयरमा गेहेन्द्र गिरीसहित ११ वडा पाएको छ । त्यस्तै नेकपा माओबादी केन्द्रले पाँच र नेकपा एकीकृत समाजबादीले तीन वडामा नेतृत्वको लागि उम्मेदवार पाएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा माओबादी केन्द्रले १९ मध्य एउटा वडापनि जित्न सकेको थिएन ।

माओबादीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका वडा सदस्यसहित सबैलाई बिजयी बनाउन अपिल गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *