२०८१ असार ७ गते बिहिवार

चुनाव जितेपछि जनमुखी काम गछौं ः मेयर पदका उम्मेदवार गिरी

तुलसीपुर,बैशाख २६ । स्थानीय तहको निर्वाचन संघारमा छ । तुलसीपुरमा ५ दलीय गठबन्धनका साझा उम्मेदवारहरु सहित नेता तथा कार्यकर्ताले घरदैलो भेटघाट अभियानलाई जारी राखेका छन । उम्मेदवारहरु अहिले नागरिकको घरदैलोमा पुगेर मत मागिरहेका छन ।

गठबन्धनका उम्मेदवारहरुले तुलसीपुरमा अधिकांश वडाहरुमा घरदैलो अभियान तथा चुनावी कार्यक्रमलाई सम्पन्न गरिसकेका छन । अ

अभियानको क्रममा सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को रानागाउंमा घरदैलो तथा भेटघाट कार्यक्रम भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले चुनाव जितेपछि जनमुखी काम गर्ने प्रतिबद्धता जनाए ।

‘नेकपा एमालेले जस्तो व्यक्ति विशेषलाई महत्व दिएर योजना बाडफाड गर्ने काम गर्दैनौ,उनले भने,‘हामीले विकट वडाहरुलाई महत्व दिदै छुटै बजेटको व्यवस्था गरि काम गर्नेछौँ ।’

अघिल्लो पटक नेकपा एमालेका नेताहरुले ठुला–ठुला सपना देखाएर चुनाव जितेपनि त्यो अनुसार पटक्कै काम नगरेको गिरीले बताए । उनले यो पटक पनि उनीहरुले जनतालाई झुक्याउन सक्ने भन्दै सर्तक रहन मतदाताहरुमा आग्रह गरे । यसअघि यहाँका नेताहरु सुकुम्बासी समस्या समाधान आयोगमा रहँदा रहँदै पनि एउटा गरिबलाई पनि जग्गा धनिपूर्जा वितरण गर्न सक्नुभएन, गिरीले भने,‘ हामीलाई बिजयी गराएमा हाम्रो पहिलो प्राथमिकता जग्गाका स्वामित्व हस्तान्तरण गर्नु नै हुनेछ ।’

उनले तुलसीपुरलाई स्मार्ट सिटी र नेपालकै नमुना सहर बनाउने सपना बाडेर नगरप्रमुखले थुप्रै समस्याको भार बोकाएर जान लागेकोे आरोप लगाए । हिजोका दिनमा ठूला गफ दिएर मत लिएका एमालेका मेयरले स्मार्ट सिटीको कुरा अति नै उचाले पनि नगरलाई ऋणात्मकमा पु¥याए भन्ने कुरा आँफैमा रहस्यमय रहेको तर्क गरे ।


कार्यक्रममा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाले गठबन्धनले ढाटछलको राजनीती नगरि बोले अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए ।


नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का सभापती झुपलाल वलिको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार मंगल नेपाली, महिला सदस्य पदकी उम्मेदवार रेश्मी वली, दलित महिला सदस्य पदकी उम्मेदवार श्रृजना टोमटा, खुल्ला सदस्य पदका उमेदवार कलिभान रोका ,राजेन्द्र गुरुङ,नेपाली काँग्रेस वडा नं. ३ का नेता स्यामराज महतरा,महिला समुहको प्रतिनिधि सन्तु वलि लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा एकीकृत समाजबादीका तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष चेतबहादुर वि.कको स्वागत मन्तव्यबाट सुरु भएको कार्याक्रमको सहजीकरण नेकपा माओवादी केन्द्रका तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेम प्रकाश मल्लले गरेका थिए ।

यसैबिच आज तुलसीपुर उपमहानगरपालिका वडा न. ७ को राजापुरमा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *