दाङ,माघ २० ।
दाङमा प्रहरीले हतियार बनाउने कारखानामा छापा मारेर झन्डै एक दर्जन जति हतियार बरामद गरेको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी ५९ बर्षीय जितबहादुर बुढाको घरमा छापामार्दा ११ थान विभिन्न प्रकारका हतियार फेला परेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । प्रहरीले घोराहीस्थित आफ्नो कार्यालयमा आइतवार दिउँसो पत्रकार सम्मेलन गरि बुढाको घरमा हतियार बनाउने कारखाना फेला परेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा एसपी पाण्डेले बुढाको घरमै हतियार बनाउने कारखाना नै फेला परेको र त्यहाँ बाट विभिन्न प्रकारका ११ थान हतियार बरामद भएको जानकारी दिए ।
११ थान हतियार बरामद
राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी ५९ बर्षीय जितबहादुर बुढाको घरमा आइतवार छापा मार्दा प्रहरीले विभन्न प्रकारका ११ थान हतियार र हतियार निर्माण गर्न आवश्यक कच्चा पदार्थ ठूलो मात्रामा बरामद गरेको बताएको छ । प्रहरीका अनुसार बुढाको घरवाट भरुवा बन्दुक ५ थान, एयरगन राईफल ३ थान, १२ बोरको राइफल १ थान, कटुवा पेस्तोल १ थान, ठूलो हतियारको नाल २९ थान र सानो हतियारको नाल १२ थानसहित हतियार बनाउन प्रयोग हुने बिभिन्न सामाग्रिहरु बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेले बताए ।
पक्राउ परेका बुढालाई मूलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजाना शिर्षकमा दुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ । अदालतबाट म्याद थप गरेर अनुसन्धान र कार्वाही प्रकृया अघि बढाइएको प्रमुख पाण्डेले बताए ।
यसैविच दाङ प्रहरीले एक हप्ता भित्रै जिल्लाको विभिन्न स्थानबाट ७ थान भरुवा बन्दुक, २ थान रिभल्वर र एउटा पेस्तोल गरी १० थान हतियार बरामद गरेको बताएको छ ।
‘अवैद्य रुपमा हतियार उत्पादन गरेर विक्रि गर्दै आएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ,’ एसपी पाण्डेले भने । पक्राउ परेको बुढाले अधिकाँस हतियार छिमेकी देश भारतिय खरिद गर्ने गरेको र फाट्टफुट्ट रुपमा मात्रै नेपालमा बन्दुक विक्रि हुने गरेको वयान प्रहरी समक्ष गरेका छन् ।
संगठित गिरोह वा अपराधिक समुहलाई हतियार बेचेको आशंका
प्रहरीले बुढाको घरवाट बन्दुक बनाउन थप ४१ वटा विशेष खालको नाल फेला परेको हुँदा कुनै संगठित गिरोहले हतियार बनाउनको लागि दिएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।
पक्राउ परेका बुढाले भने आफुले हतियार मात्रै निर्माण गर्ने गरेको तथा त्यसका लागि आवश्यक सम्पूर्ण सामाग्री सम्वन्धित व्यक्तिले नै किनेर ल्याउने गरेको बताएका छन् । बुढाले एउटा भरुवा वन्दुक बनाए बाफत ५ हजारका ज्याला लिने गरेको बताएका छन् । प्रहरीले भने बुढाको घरबाटै हतियार निर्माण गर्नेदेखि मर्मत गर्ने तथा विक्रि वितरण गर्ने जस्ता कामहरु बुढाले बर्षौंदेखि गर्दै आएको प्रहरीले दाबी गरेको छ ।
सोही ठाउँवाट निजी भरुवा बन्दुकसहित अर्का पक्राउ परेका ३८ बर्षीय रुद्रमणी घर्तीले भने आफुले तीन वर्ष अगाडि बुढा संग १० हजारमा एउटा बन्दुक किनेको भन्ने वयान दिएको एसपी पाण्डेले बताए ।