२०८१ माघ ३० गते बुधवार

भौवा नाकाबाट ठूलो मात्रामा हातहतियार बरामद

फाइल तस्विर


दाङ, माघ २० ।
दाङको भौवा नाकावाट प्रहरीले ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ मा अवस्थित नेपाल भारत सीमा नाकाबाट प्रहरीले गएराति ठूलो परिमाणमा हातहतियार बरामद गरेको जानकारी दिएको छ ।

भौवा नाकामा अवैधरुपमा हातहतियार निर्माण हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाले गएराति हतियार निर्माण गर्ने कारखानामा छापा मारेको ती प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । विश्वसनीय स्रोतका अनुसार प्रहरीले एकै स्थानबाट सात थान भरुवा बन्दुक, दुई दर्जन बढी बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर (सिक्सर पेस्तोल) र एउटा नलकटवा पेस्तोल बरामद गरेको छ । दाङका जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले ठूलो परिमाणमा हातहतियार बरामदबारे दिउँसो ३ बजेपछि मात्रै पत्रकार सम्मेलन गरी जानकारी दिने बताए ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *