२०८२ असार ९ गते मङ्गलवार

गठबन्धनविरूद्ध बोल्ने नेता-कार्यकर्तालाई कारबाही गर्ने देउवाको चेतावनी

जनकपुरधाम, वैशाख २४ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनविरुद्ध बोल्ने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्।

जनकपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई अब पराजित हुने छुट नभएको बताए।

‘यो भगवान राम(सीताको गठबन्धन भएको पवित्र ठाउँ हो। यहाँ हाम्रो गठबन्धन कमजोर हुँदैन। अहिले देशभरि गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेर साध्य छैन,’ उनले भने, झकतै कतै असन्तुष्टि होलान् तर हामी सबै अनुशासनमा बस्नुपर्छ। गठन्धनको विरोध सह्य हुँदैन। गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ। धेरैलाई गरिरहेको पनि छ।’

उनले चितवनमा केही समस्या देखिए पनि अहिले त्यो समाधान भइसकेको पनि दाबी गरे।

‘गठबन्धनमा कहिँकतै समस्या छैन। चितवनमा अलि अलि समस्या देखिएको थियो तर अहिले सबैलाई हावा खाइसके,’ उनले थपे, ‘बागी बनेर पार्टीको झन्डा बोक्नेलाई कारबाही हुन्छ।’

यस्तै प्रधानमन्त्री देउवाले अब नागरिकताको समस्या पनि समाधान हुने पनि आश्वासन दिए।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *