२०८१ मङ्सिर २४ गते सोमवार

तुलसीपुरमा गठबन्धनका उम्मेदवारहरुको प्रचारप्रसार तिब्र

तुलसीपुर,बैशाख २४ । स्थानीय तह निर्वाचन आउन छ दिन मात्रै बाँकी रहदा तुलसीपुरमा गठबन्धनका उम्मेदवारहरुले प्रचारप्रसार तथा भेटघाटलाई व्यापक बनाएका छन् ।

जनताको घरदैलोमा पुगेर आफ्ना एजेण्डा राख्ने र निर्वाचनका लागि मतदान गरी आफूहरुलाई जिताउन प्रचारप्रसार गइरहेका छन् ।

शनिबार साझा गठबन्धनले तुलसीपुर ५ को रानीजरुवामा बृहत घरदैलो कार्यक्रमसंगै आमसभा गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवार गेहेन्द्र गिरी, उपमेयर पदका उम्मेदवार जोग बहादुर राना लगायत तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र कुमार शाह, वडा नं. ६ का वडाध्यक्ष पदका उम्मेदवार लोकराज डाँगी वडा नं. ७ का वडाध्यक्ष पदका उम्मेदवारसहित गठबन्धनमा आवद्ध दलका केन्द्रीय तहका नेता तथा कार्यकर्तासहित घरदैलो कार्यक्रम गरिएको हो ।

घरदैलोका क्रममा उम्मेदवारहरुले तुलसीपुरको विकास, निकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।

उनीहरूले नगरको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदानका क्रममा दायाँबायाँ नगर्न समेत अनुरोध गरेका थिए ।

अहिले पनि घरदैलो कार्यक्रम जारी छ । सबै मतदाताहरुको घरसम्म पुग्ने गठबन्धनका उम्मेदवारहरुले बताएका छन् ।

मतदाताहरुले तुलसीपुर उपमहानगरपालिकाको विकासका लागि गठबन्धनका उम्मेदवारले चुनाव जित्नु पर्ने बताएका छन् ।

स्थानीय रुपमा गठबन्धनको सरकार आएमा विकासले फड्को मार्ने र भ्रष्टाचार रोकिनेमा विस्वस्त रहेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *