२०८२ बैशाख ३० गते सोमवार

मापदण्ड अनुसार निर्माण नगरिएका सडक पुनः निर्माण गर्न निर्देशन

शंकर केसी,
सल्यान, १९ माघ । कपुरकोट गाउँपालिकाको ६ नम्बर वडामा निर्माण गरिएको मोटर बाटो मापदण्ड अनुसार नभएको पाइएको छ । गाउँपालिका स्तरिय अनुगमन टोलिले अनुगमन गर्दा त्यस्तो तथ्य फेला परेको हो ।

कपुरकोट गाउँपालिकाले तय गरेको मापदण्ड अनुसार बाटोको चौडाइ नपुगेको ईञ्जिनियर भुपेन्द्र यरीले बताए । अनुगमन समितिका संयोजक तिला बुढा मगरको संयोजकत्वको अनुगमन समितिले जलवाङ घोयलडाँडा सिस्ने खोला मोटरबाटो,काफलबोट डाँडागाउँ मोटरबाटो,भिंगारे धाराबोट सातामुल मोटरबाटो र रिम छायाानाथ मोटरबाटो मर्मत योजनाको अनुगमन गरेको हो ।

नापजाँच गर्दा कततिपय स्थानमा गाँउपालिकाको मापदण्ड अनुसार ४ मिटर चौडाइ भन्दा कम पाइएको हुँदा पुनः मापदण्ड अनुसार पुर्याउन आग्रह गरिएको छ ।

अनुमगन समितिकी संयोजक तिला बुढा मगरले उपभोक्ता समितिका पदाधिकारी तथा मोटरबाटोको उपभोग गर्ने उपभोक्ताहरुलाई दिर्घकालसम्म फाइदा पुग्ने गरि मोटरबाटो निर्माण गर्न आग्रह गरिएको बताइन । निर्माण गरिएको बाटोको रेखदेख, मर्मत संभारमा स्थानीयले ध्यान दिनुपर्ने उनको आग्रह छ ।

अनुगमनको क्रममा कतिपय बाटोको मोड साँघेरो देखिएको हुँदा पुनः सुधार गर्न निर्देशन दिइएको गाउँपालिकाका प्राविधिक प्रविण शाहले जानकारी दिए । अनुगमनमा जलवाङ घोयलडाँडा सिस्ने खोला मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण पुन, काफलबोट डाँडागाँउ मोटरबाटो मर्मत योजनाका अध्यक्ष कमानसिंह बस्नेत, भिंगारे धाराबोट सातामुल मोटरबाटो निर्माण योजनाका अध्यक्ष सिताराम बोहोराले गाँउपालिकाले बेलैमा अनुगमन गरी सुझाव दिएकोमा धन्यवाद दिएका थिए । उनीहरु सबैले इञ्जिनियर तथा प्राविधिकहरुले कमजोरी आंैल्याएको ठाउँमा सुधार गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

अनुगमनमा वडा नम्बर ६ का वडा अध्यक्ष हेरमबहादुर बुढाथोकी, प्राविधिक लिलामणी देवकोटा, वडा नम्बर ६ का वडा सदस्यहरु झाँकबहादुर महतारा, रुपलाल बुढाथोकी सहभागी थिए ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *