तुलसीपुर, वैशाख २१ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ का स्वतन्त्रबाट वडाध्यक्ष पदका उम्मेदवार पदम केसीले घर दैलो अभियानलाई तीब्र पारेका छन् । केसीले चुनाब चिन्ह ‘धारा’ पाएका छन् ।
वडामा ६ हजार ६१ मतदाता मध्य अधिकाँसको घर दैलोमा पुगिसकेको स्वतन्त्र उम्मेदवार केसीले बताए । ‘मैले १७ सय बढी मत प्राप्त गरि निर्वाचित हुन्छ भन्ने विश्वाश छ,’ केसीले भने ‘ मेरो पक्षमा निकै राम्रो माहोल छ र मेरो उम्मेदवारीले सबै खुसी छन् ।’
वडा नं. १६मा ७ जना वडाध्यक्ष पदका भिडेका छन् । त्यसमध्य चार जना स्वतन्त्र उम्मेदवार छन् । त्यस्तै पाँच दलिय गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि उम्मेदवारी रहेको छ । सबैले जित्ने दाबी गर्दै आएका छन् ।
एमालेबाट टिकट नपाएपछि उक्त पार्टी त्यागेको घोषणा गरेका केसीको राजनीतिमा बर्षौंको लगानी र योगदान छ । केसीले आँफूले जितेमा वडालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने, वडालाई तरकारी पकेट क्षेत्रका रुपमा विकाश गर्ने मतदाता समक्ष वाचा गरेका छन् । ‘दलहरु भित्र अश्वस्थ गटबन्दी मात्रै छ,’ केसीले भने ‘ सफल ब्यक्ति होइन आफ्ना र आफन्ती मात्रै खोज्ने प्रबृति हाबी छ ।’
त्यसैले आँफूूले फरक नाराका साथ मतदाता समक्ष गएको केसीले तर्क गरे । ‘ न त पक्ष न त बिपक्ष केबल निष्पक्ष’ भन्ने नाराका साथ केसी घर दैलोमा खटिएका छन् ।