२०८१ चैत्र १४ गते बिहिवार

कोरोना कहरमा मेरो भूमिका देख्नुभयो होला , मैले मानव मात्रै हैन सम्पूर्ण प्राणीको रक्षाको लागि खटिएको थिए ः तुुलसीपुर ५ का वडाध्यक्ष पदका उम्मेदवार बीरेन्द्रकुमार शाह


तुलसीपुर , बैशाख २१ । तुलसीपुर उपमहानगरपालिकामा यसअघि लोकप्रिय मतका साथ निर्वाचित बीरेन्द्रकुमार शाह अहिले पनि सोही पदमा उम्मेदवारी दिएका छन् ।

शाहको टिमले आफ्नो पक्षमा मत माग्दै बुधबार बिहान तुलसीपुरको बिभिन्न टोलमा घर दैलो गरेको छ ।

नामीनगर हुँदै, जब्बरपुर र भ्यूँयार थानसम्म घर दैलो गर्दै वडाध्यक्ष पदका उम्मेदवार शाह लगाएको टिमले भोट मागेको हो ।

किन तपाँई फेरि दोहरिन खोजेको हो ? भनेर सोध्दा नेपाली काँग्रेसका नेतासमेत रहेका वडाध्यक्ष पदका उम्मेदवार शाहले वडाबासीको माग र आग्रहमा फेरि आँफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।

तुलसीपुर वडा नं. ५ मा जस्तो सुकै कठिन परिस्थितिमा सर्बसुलभ सेवा, सबैलाई समान ब्यबहार, हरेकका दुःख र सुःखमा आँफु सहभागि बन्न पर्यत्न गरेको शाहले बताए ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को समयमा मानवदेखि सबै प्राणीको रक्षाका लागि आँफू र साथीहरु ब्यक्तिगत खर्चमा समेत सेवा भावले काम गरेको वडाध्यक्ष पदका उम्मेदवार शाहले जानकारी दिए ।

कोभिड करहका बीचमा बाहिरबाट आएका ब्यक्तिहरुलाई तुलसीपुरमा गाँस बाँस र यातायातको समेत ब्यबस्थापन गरिएको थियो ।

वडाध्यक्ष शाह आँफू ब्यक्तिगत रुपमा गाई बस्तु र घर पालुवा अन्य जीव जन्तु कुकुर बिरालो लगाएतलाई खाना बाँडेर हिडेका ब्यक्ति हुन ।

वडाध्यक्षमा दोहरिनका लागि घर दैलोमा तल्लिन उम्मेदवार शाहले आँफूले असंभव र भोट तान्नका लागि कुनैपनि हावा कुरा नगर्ने तथा संभव हुने र गर्न सक्ने कुुराको प्रतिबद्धता मात्रै जाहेर गरेको बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *