२०८१ मङ्सिर १७ गते सोमवार

अबको तीनदिन भित्र उम्मेदवारी फिर्तालिन कांग्रेस क्षेत्र न. ३ को बागी उम्मेदवारलाई अपिल

तुलसीपुर,बैशाख २० । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेको छ ।

मगंलवार दाङ क्षेत्र न. ३ का सभापति जगतबहादुर खड्काले प्रेस विज्ञप्ती जारी गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र उपमेयर पदका उम्मेदवार जोगबहादुर राना मगरसहित सबै गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेका छन् ।

काँग्रेससहित गठबन्धनका उम्मेदवारको पक्षमा माहोल बनाउन भूमिका खेल्न सभापति खड्काले आग्रह गरेका छन् ।

पार्टीका सम्पूर्ण कार्यकर्ता, नेता, शुभेच्छुक र भातृ सगंठनलाई आग्रह उनले त्यस्तो आग्रह गरेका छन् ।

‘पार्टीको केन्द्रीय निर्देशन अनुसार पार्टीैको अपिललाई सहर्श स्वीकार गरि बागी उम्मेदवारलाई ३ दिन भित्रमा आफ्नो उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *