२०७७ मङ्सिर ११ गते बिहिवार

भ्रष्टचार मुद्दाका दोषी १८ बर्षपछि पक्राउ

दाङ, माघ १९ । जिल्ला प्रहरी कार्यालय सल्यानले एकजना भ्रष्टचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सल्यानको साविक खलंगा र हाल शारदा नगरपालिका वडा नं. १ पटनेरी निवासी ६१ बर्षीय केशवबहादुर खड्कालाई १८ बर्ष अघि जिल्ला अदालत सल्यानले भ्रष्टचार मुद्दामा दोषी ठहर गरेको थियो ।

विक्रम संवत २०५७ साल फागुन २६ गतेको फैसला अनुसार खड्कालाई भ्रष्टचार मुद्दामा दोषी ठहर गर्दै ५० हजार ९ सय ६ रुपैंया जरिवाना सुनाएको थियो । विगत १८ बर्षदेखि लुकिछिपी बस्दै आएका खड्कालाई यही विहीवार दाङको तुलसीपुरवाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख विरेन्द्रबहादुर शाहीले जानकारी दिए । पक्राउ परेका खड्कालाई जिल्ला अदालत सामुद पेश गरिएको डिएसपी शाहीले बताए ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *