सुशील बस्नेत, तुलसीपुर, बैशाख १९ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका बिभिन्नदल तथा स्वतन्त्र उम्मेदावरले स्थानीय तह निर्वाचन २०७९ लाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
संबाद समुह दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको निष्पक्ष, भयरहित, शान्ति पूर्ण, मर्यादीत र बिश्वसनिय निर्वाचनका लागि निर्वाचन आचार संहिताको पालनाका सवालमा उम्मेदवारहरुसंग गरेको संबादमा सहभागीहरुले पूर्ण रुपमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन ।
नेकपा एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार टीकाराम खड्का, नेकपा मालेका मेयर पदका उम्मेदवार महेन्द्र शाह, राष्ट्रिय जनमुक्ती पार्टीका मेयर पदका उम्मेदवार रबिन्द्र उच्च नेपाली, राष्ट्रिय जनमुक्ती पार्टीकै तर्फबाट घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार ठाकुर रोका, नेपाली काँग्रेसको तर्फबाट दंगीशरण गाँउपालिकाको अध्यक्ष पदका उम्मेदवार शम्भु गिरी, तुलसीपुरमा एमालेकी उपमेयर पदकी उम्मेदवार स्यानी चौधरी, नेकपा बिप्लप पार्टीको तर्फबाट तुलसीपुरमा उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खेम वली, नेकपामा ओबादीको तर्फबाट शान्ति नगरगाँउपालिकामा उपाध्यक्ष पदका उम्मेदवार राधिका परियार, काँग्रेसको तर्फबाट दंगीशरण गाँउ पालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पीमाकुमारी वली खड्काले आचार संहिताको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन ।
उनीहरु सबैले निर्वाचन आयोगले जारि गरेका आचार संहितालाई अन्जानमा भएपनि उल्लंघन गरिएको भए सुधार गरिने उम्मेदवारले प्रतिबद्धता जनाएका हुन ।
कार्यक्रममा तुलसीपुर ५ मा काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बिरेन्द्रकुमार शाह, एमालेको तर्फबाट तुलसीपुर– ६ का उम्मेदवार दुजमान भण्डारी, जनता समाजबादी पार्टीको तर्फबाट तुलसीपुर– ६ काउम्मेदवार गीता देबकोटा र राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट तुलसीपुर – १९ का उम्मेदवार शालिकराम नेपालीले आचार संहिताको पालना गरेर निर्वाचन निष्पक्ष र स्वतन्त्र बनाउने प्रतिबद्धता जाहेर गरेका हुन ।
निर्वाचनआयोगले तयार गरेको रानीतिक दल र उम्मेदवारले पालना गर्नुपर्ने आचार संहिताका बारेमा संबाद समूहका सदस्य एव अधिबक्तवा बिष्णुमणि धिताल र आचार संहिताको स्वघोषणाको बिज्ञप्ति संबाद समुहका सदस्य पदमा चौधरीले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजिकरण सहजकर्ता निर्मल नेपालीले गरेका थिए भने धन्यबाद ज्ञापन संबाद समूहका सदस्य लक्ष्मण पोखरेलले गरेका थिए ।