२०८१ फाल्गुन ७ गते बुधवार

बाँकेको जुवाखालमा प्रहरीको छापा

दाङ,माघ १९ । बाँके बाट दुईलाख बढी रकमसहित दश जना जुवाडे पक्राउ परेका छन् । विहीवार बेलुका साढे ५ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१ धम्बोजीको एक होटेल बाट उनीहरु पक्राउ परेका हुन ।

उमेश शेरचनले संचालन गर्दै आएको माछापुच्छ«े थकाली भान्सा घरमा जुवा खेलिरहेका दश जना जुवाडे र दुई लाख दश हजार नगद बरामद भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता टिकाबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा नेपालगञ्ज वडा नं. १ निवासी ७० बर्षीय उमेश शेरचन, सोही ठाउँ निवासी ५० बर्षीय पूर्णबहादुर थापा, नेपालगञ्ज वडा नं. १९ निवासी ४० बर्षीय यामबहादुर कटवाल, ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ निवासी ४० बर्षीय सुकदेव गिरी, हुल्ला जिल्लाको चंखेली गाउँपालिका वडा नं. ६ बस्ने ४८ बर्षीय कर्णजित बुढा, सोही जिल्लाको सिमिकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ बर्षीय कैलाश रोकाया, हुम्ला जिल्लाकै नाम्खा गाउँपालिका वडा नं. १ निवासी ३१ बर्षीय प्रेम लामा, दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. २ निवासी ३९ बर्षीय राजु खड्का र सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. ४ निवासी ३२ बर्षीय नविन चन्द पक्राउ परेको प्रदेश प्रहरी प्रवक्ता एवं डिएसपी कार्कीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरु बाट तीन गड्डी तास र नगद २ लाख १० हजार ३ सय ५५ रुपैंया बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबैका विरुद्ध जुवा ऐन अन्तरगत मुद्दा दायर गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *