तुलसीपुर, बैशाख १७ । प्युठानको झिमरुकको अध्यक्षमा मनोनयन दर्ता गरेका नेकपा एमाले उम्मेदवार हुकुमबहादुर खड्का र उपाध्यक्षमा मनोनयन दर्ता गरेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रुपमा जिसीले उम्मेदवारी फिर्ता लिएका छन् ।
झिमरुकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएपछि उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन ।
यी दुई दलको तालमेल अनुसार अब अध्यक्षमा माओवादीका पितबहादुर एमसी र उपाध्यक्षमा एमालेकी बिष्णु घर्तीको उम्मेदवारी कायम रहेको छ ।
स्रोतका अनुसार झिमरुकमा माओवादीले अध्यक्षसहित ३ वटा वडाध्यक्ष, एमालेले उपाध्यक्षसहित ५ वटा वडाध्यक्ष लिने सहमति भएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार