२०८१ माघ २६ गते शनिवार

पूर्वयुवराज पारस हस्पिटलबाट घर फिर्ता  

काठमाडौँ,  माघ १८। पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट डिस्चार्ज भएर आज निर्मल निवास फर्किएका छन ।

हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना भएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुगेका थिए  । उनको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ ।

उनलाई अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ । उनलाई करीब १० वर्षको अवधिमा अहिलेसम्म तीन पटक हृदयाघात भएको जनाइएको छ ।

प्रकाशित मिति : २०७५ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *